नेपालगञ्जमा मोहम्मद डे धुमधामसंग मनाइँदै

0

नेपालगञ्ज, मंसिर २७ । इस्लाम धर्मावलम्वीहरुको महान् पर्व मोहम्मद डे आज नेपालगञ्जमा धुमधामका साथ मनाइँदैछ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही बसल्लमको जन्म दिन मनाउन लागिएको हो ।mohammad-day

पर्वको अवसरमा नेपालगञ्जका मुस्लिम समुदायका घर तथा मस्जिदमा झण्डा राखिनुका साथै सजावट गरिएको छ । नेपालगञ्जमा आज चहलपहल बढेको छ । बजारमा ¥याली निकालिएको छ । इस्लामी क्यालेण्डर हिजरी सम्वत्को तेस्रो महिना रवि उल अब्वलको १२ तारिखका दिन मुस्लिमहरुले मोहम्मद डे मनाउँदै आएका छन् ।

मस्जिदमा राती जाग्राम बसी धर्मग्रन्थ कुरआनको तिलावत तकरीर (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । मोहम्मद डेका अवसरमा आज बाँकेका विद्यालयहरुले स्थानीय विदा दिएका छन् ।

Share.

Leave A Reply