पुरुष क्रिकेटमा आर्मीद्वारा सुदूरपश्चिमाञ्चल पराजित

0

विराटनगर, १६  पुस । 

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । मोरङको वैजनाथपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ८७ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । उसका लागि नरेश बुढाऐरले नटआउट ८१ रन बनाए भने सागर पुनले ४४ तथा विनोद भण्डारीले ३४ रन बनाए ।

२ सय १० रनको लक्ष्य पछ्याएको सुदूर पश्चिमाञ्चलले ५ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । उसका लागि रोशन नेपालीले ५० तथा दिपक मल्लले २२ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन ।

आर्मीका राहुल विकले २ तथा सोमपाल कामी, विक्रम सोब तथा जितेन्द्र मुखियाले समान १–१ विकेट गुमाए । प्रतियोगिताको पहिलो दिन शुक्रबार शसस्त्र प्रहरीको एपिएफ क्लव र मध्यमाञ्चल विजयी भएका थिए ।

Share.

Leave A Reply