‘बजेट अभाव छ भने भन्नुहोस तर काममा विलम्व नगर्नुहोस्’

0

नेपालगन्ज, २३ पुस।
पश्चिम नेपालका राष्ट्रिय गौरवका आयोजना निरीक्षणमा व्यस्त रहनुभएका सिंचाइँमन्त्री दीपक गिरीले आज बर्दियाको बबइँ सिंचाइँ आयोजनाको कार्य प्रगतीबारे जानकारी लिनुभएको छ ।

त्यसक्रममा सिंचाइँमन्त्री गिरीले पश्चिम नेपालका राष्ट्रिय आयोजनाहरुमा आप्mनो बिशेष चासो रहेको भन्दै काममा विलम्व नगर्न निर्देशन दिनुभयो । ‘बजेट अभाव छ भने भन्नुहोस् आयोजना प्रमुख दानरत्न शाक्यलाई निर्देशन दिंदै मन्त्री गिरीले भन्नुभयो–‘,मन्त्रालय बजेट उपलब्ध गराउन तयार छ तर काममा विलम्व हुने काम नहोस् ।’

पश्चिम नेपालका आयोजनामा आप्mनो अर्जुनदृष्टि रहेको भन्दै मन्त्री गिरीले नयाँ सोच र प्रविधिको उच्चतम प्रयोग गरेर आयोजनाहरु प्रभावकारी गराउन निर्देशन दिनुभयो । २०४५ सालबाट सुरु आयोजनाले ३० हजार हेक्टर जमिनमा सिंचाइँ सुविधा पु¥याउँदै आएको आयोजना प्रमुख शाक्यले वताउनुभयो ।

३६ हजार हेक्टर जमिनमा सिंचाइँ सुविधा पु¥याउने उद्देश्यले निर्माणाधिन आयोजनाको अहिले मुल नहर र शाखा नहरको काम भइरहेको छ । आयोजना अन्तर्गत साइफोनको आज मन्त्री गिरीले उद्घाटन समेत गर्नुभयो । सिंचाइँमन्त्रीका साथ सिंचाइँ विभागका महानिर्देशक अशोक सिंह, कृष्ण बेलबासे, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदिप थापाको पनि सहभागिता छ ।

Share.

Leave A Reply