कालिकोटमा यस वर्ष सीमी र फापर उत्पादनमा कमी

0

माघ २४,।
कालिकोटमा यस वर्ष सीमी र फापर उत्पादनमा कमी आएको छ । विगतको तुलनामा खेडेरीका कारण यस बर्ष सिमी र फापर उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनीलकुमार सिंहले जानकारी दिनुभएको छ । यो आर्थिक बर्षमा जिल्लामा २ हजार ३ सय ४० क्वीन्टल फापर र १ हजार ४१ क्वीन्टल सिमी उत्पादन भएको छ । गत बर्ष करिव चार दशककै ठुलो खडेरी परेका कारण कालिकोटका कृषकहरुले समयमै खेतीपाती गर्न नपाउदा यसवर्ष अन्नबाली उत्पादनमा ह्रास आएको सीँहले बताउनुभएको छ । यसैबीच, नेपाल खाद्य संस्थान शाखा कालिकोटले जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित १ सय ७० क्वीन्टल सिमी र १ सय क्वीन्टल फापर खरीद गरी काठमाण्डौं निर्यात गर्ने तयारी थालेको छ ।

Share.

Leave A Reply