नेपालगन्जलाई औद्योगिक नगरी बनाउने अर्थमन्त्री महराको प्रतिबद्धता

0

माघ २८, नेपालगन्ज ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालगन्जलाई पश्चिम क्षेत्रकै औद्योगिक नगरका रुपमा विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ । अर्थमन्त्री महराको स्वागतका लागि उद्योग बाणिज्य संघ नेपालगन्जले आप्mनै सभाहलमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालगन्ज मध्य र सुदूरपश्चिमको औद्योगिक नगरीमात्र नभएर व्यवसायीक र राजनीतिक नगरी भएकाले त्यही अनुसारको भूमिका खेल्नु पर्ने धारणा व्यक्त गर्नुभयो । नेपालगन्जमा सिटी हल निर्माणका लागि सरकारले पहल थाल्ने अर्थमन्त्री महराको प्रतिबद्धता छ । उद्योग बाणिज्य संघको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महराले नेपालगन्जमा सभा हलको बिषय सरकारको एजेण्डा बनेको वताउनुभयो । अर्थमन्त्री महराले नेपालगन्जको राझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने तर्फ सरकार गम्भिर भएर लागेको वताउनुभयो । मन्त्री महराले आज विहान नेपालन्ज भन्सार क्षेत्र र आन्तरिक राजस्व कार्यलयको पनि अवलोकन गर्नुभएको छ ।

Share.

Leave A Reply