कोहलपुर मेडिकल कलेजमा विवाद

0

कोहलपुर फागुन २-

गएको माघ २९ गते सवारी दुर्घटनामा गम्भीर घाईते भई उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका बर्दिया बाँसगडी– १ का लक्ष्मण डाङ्गीका आफन्त र मेडिकल कलेज प्रशासनबीच आज हुने भनिएको बार्ता स्थगित भएको छ । हिजो दिनभर आफन्त र मेडिकल कलेज प्रशासनबीचको वार्ता निष्कर्शमा पुग्न नसकेपछि आज हुने भनेको बार्ता अस्पताल प्रबन्धक डाक्टर शुरेस कनौडिया उपस्थित हुन नसकेपछि भोलिका लागि सारिएको हो । दुर्घटनामा घाईते डाङ्गीको समयमा उपचार नहुँदा चार घण्टापछि मृत्यु भएको र अस्पतालको लापरवाही भएको आफन्तको दावी छ । अस्पतालको लापरवाही र ढिलासुस्तीले मृत्यु भएको भन्दै आफन्तले छानविन, दोषीमाथि कारवाही र क्षतीपुर्तीको माग गरिरहेको र अस्पताल प्रशासनले अस्वीकार गर्दै आएकोले हिजोको वार्ता सफल भएन्, ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो । अस्पताल प्रशासनले लापरवाही नभई दुर्घटनामा गम्भीर चोट लागि रक्तश्रापका कारण मृत्यु भएको बताउँदै आएको उहााले जानकारी दिनुभयो । आफन्तले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । भे ६ प ६६५९ नम्बरको मोटरसाईकलबाट कोहलपुर हँदै  घरतर्फ जाँदै गर्दा डाङ्गीको शनिबार साँझ दुर्घटनामा परेका थिए । साँढे ७ बजेतिर मेकिडल कलेज कोहलपुरमा पुगेका डाङ्गीको उपचारका क्रममा राती साँढे ११ बजे मृत्यु भएको थियो ।

mediacal-kohalpur-1

 

Share.

Leave A Reply