छैटौं विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

0

फागनु २\  नेपालगंज

80328361छैटौं विश्व रेडियो दिवस आज  विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो ।नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भएपनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले झण्डै ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।सबै जिल्लामा रेडियो स्टेशन सञ्चालनमा छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो ।

Share.

Leave A Reply