निर्धनको १३ लाख बीमा वितरण

0

नेपालगन्ज, फागुन २- निर्धन उत्थान बैंक शाखा कोहलपुरले चालू आर्थिक बर्षको माघ मसान्तसम्म महिला समूहमा आवद्ध भई कर्जा बचत गर्ने मृतकका परिवारलाई १३ लाख बढी बीमा रकम वितरण गरेको छ । कर्जा बचत कारोवार बीमावापत चार जनालाई १३ लाख दश हजार छ सय  रुपैया वितरण गरिएको हो ।

बैंकले मृतक बनकट्वा ९ की माया शाही, बनकटुवा ८ सम्झनचोकका पवित्रा विष्ट, टिटिहिरिया हंशपुरका दुर्गादेवी हमाल र कोहलपुर ११  भरियाका यशोदादेवी मगरका परिवारलाई ४ देखि ५ लाख रुपैँयाका दरले बीमा रकम  प्रदान गरेको निर्धनका कार्यक्रम ब्यवस्थापक जिताराम गौतमले बताउनुभयो ।

 

बैकका अनुसार कोहलपुर, नौबस्ता, बनकट्वा टिटिहिरिया चिसापानी, शमशेरगंज, र महादेवपुरी गाविसमा एक सय चौवन्न वटा महिला स्वाबलम्बी समुहमार्फत तीन हजार नौँ सय ७४ जना सदस्यले कर्जा, बचत सेवा लिईरहेका छन् । जसवापत १ अर्ब ४० करोड ४५ लाख कर्जा लगानी भएको छभने १ अर्व २२ करोड असुली भएको छ ।

Share.

Leave A Reply