जुम्लामा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

0

फागुन ५, जुम्ला

जुम्ला बड्की–२ दियार गाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक गाडी सडकबाट १०० मिटर तल खस्दा   गाडिका चालक बर्दिया मैनापोखर ८ बस्ने २८ बर्षिय गिताराम थारु,मुगु कालै ४ का बस्ने २६ बर्षिय रङ्गबहादुर शाही र २२ बर्षिय गङ्गा शाहीको घटनास्थलमै मुत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । घाईते एक जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहको छ ।singa-jumla-58a54a7ccad2d4-59267587

Share.

Leave A Reply