तरुण दलका मनोनित तथा कार्य समितिको पदभार ग्रहण

0

फागुन ५\नेपालगंज

16730122_10210557627890019_3862056904626244366_nतरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहले गुट उपगुट छोडेर पार्टि ब्यवस्थापन गरेर जान जरुरी रहेको बताउनुभएको छ ।आज नेपालगंजमा नेपाली कांग्रेस निकट तरुण दलका मनोनित तथा कार्य समितिको पदभार ग्रहण कार्यक्रममा उहाँले पार्टिलाई मजबुद गराउनका लागि सबै मिलेर जानुको बिकल्प नभएको बताउनुभयो ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिँह राठोरको समेत सहभागिता रहेको कार्यक्रममा तरुण दलमा साताअघि सहसचिवमा बिमल चन्द लगायत अन्य सदस्यहरुको पदभार ग्रहण गरीएको तरुण दल बाँकेका जिल्ला अध्यक्ष विरेन्द्र शाहले बताउनुभयो । सदस्यहरुमा तारमणी अधिकारी, अनिल लखेर, हनुमान नाउँ, देबबहादुर खाँड, धुर्व आचार्य, प्रदिप शाह, शंकर बुढाथोकी, जगतजंग साह, शंकर बुढाथोकी, बेलबहादुर बुढाथोकी, हेमन्त शाक्य, पुष्पा सुनार लगायत रहनुभएको छ ।

Share.

Leave A Reply