८बिषेषज्ञ सहितको जम्बो टोली स्वास्थ्य परिक्षाका लागि बाँकेको बैजापुरमा

0

फागनु ५\ बाँके

cardiac-camp-in-pokhara1482227118बाँकेको बैजापुर ९ धामपुरमा नागरिकहरुको स्वास्थ्य परिक्षणका लागि ८ जना विशेषज्ञ डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मिहरुको जम्बो टोलि पुगेको छ । क्षेत्रिय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा आज र भोलि  टोलिले स्थानियहरुलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो । क्षेत्रिय स्वास्थ्य निर्देशक रिता जोशि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देबराज भारले जेष्ठनागरिक दलबिर खड्कालाई सेवा कार्ड दिएर कार्यक्रमको उदघाटन गर्नुभएको हो । स्वास्थ्य शिबिरमा आँखा,नाक,कान,घाटि,दन्त परिक्षण,हाडजोर्नि,चर्म तथा यौनरोग मानसिक स्वास्थ्य,बाल तथा स्त्रि र प्रसुति सम्बन्धि परिक्षण,योज्ञा सिकाउनुका साथै पोषण सम्बन्धि परामर्श गरीने जनाईएको छ । यसका साथै सिकलसेलका विरामिहरुको रगत परिक्षण गरी गुप्र पक्ता लगाउनुका साथै अपांगता भएका ब्यक्तिहरुलाई कृत्रिम सामाग्रि हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

Share.

Leave A Reply